श्रीमानसंग छुट्टिने योजनामा ;शिल्पा शेट्टी
१५ भदौँ, रौतहट । पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेपछि, राज कुन्द्रसंग अलग्गिन योजना बलिउड अभिनेत्री शिल्पा शेट्टीले बनाएकी छिन् ।
गत १९ जुलाईमा पक्राउ परेका राज कुन्द्र हालसम्म हिरासतमुक्त भएका छैनन् । लगातार आफ्नो जमानका लागि प्रयास गरेपनि हाल उनी न्यायिक हिरासतमै बस्न बाध्य भएका हुन् ।
यसैबीच राजकी श्रीमती शिल्पाले आफ्ना बच्चासहित उनीसंग छुट्टिने योजनामा रहेकी भारतीय मिडियामा एउटा नयाँ खबर प्रकाशित भएको छ । राजको गिरफतारी पछि, शिल्पाको निजी र व्यावसायिक जीवनमा गहिरो असर परेको छ । एजेन्सी






