कटरीनाको प्रेम जीवन

   १० भाद्र २०७८, बिहीबार ११:१३  

१० भदौँ, रौतहट । बलिउड अभिनेत्री कटरीना कैफ र उनी प्रेमी विक्की कौशलसंग खटपट सुरु हुन थालेको छ ।

केही दिनअघि मात्रै उनीहरुको इन्गेजमेन्ट भएको समाचारहरु बलिउडमा चर्चाको विषय बनेको थियो । तर, आधारिक रुपमा उनीहरुबीच यसबारे स्पष्ट हुन नसकेकै बेला खटपट सुरु भएको हो ।

बलिउड लाइफ नामक अनलाइनका अनुसार कटरीना फिल्म सुटिङको लागि विदेश जानु अघि उनीहरुबीच खटपट भएको हो। फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश उड्नुअघि दुवै पक्षबीच खटपट भएको समाचारमा जनाइएको हो ।

कटरीना गत साता सलमान खानसँग फिल्म ‘टाइगर ३’को सुटिङका लागि रुस गएकी हुन् । एजेन्सी