प्रदेश २ का प्रमुख झा पदमुक्त
१ भदौ, रौतहट । प्रदेश नम्बर २ का प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख झालाई पदमुक्त गरेकी छिन् ।
सरकारी निवास बालुवाटारमा साउन ३२ गते (सोमबार) बिहान १० बजे बसेको बैठकमा भएको निर्णय अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा १ खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश २ का प्रमुख राजेश झालाई पदमुक्त गरेसंगै हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
यसअघि निवर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।






