संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदको सिफारिस
journey fortech
३२ श्रावण २०७८, सोमबार १४:४३
३२ साउन, रौतहट । आज बसेको मन्त्रिपरिषदको बैठकमा सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार बिहान १० बजे बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
स्रोतले दिएका जानकारी अनुसार आज मध्यराति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीबाट हुने व्यवस्था छ ।






