नयाँ बानेश्वरमा माधव पक्षको बैठक बस्दै

   २१ श्रावण २०७८, बिहीबार १०:३८  

२१ साउन, रौतहट । एमालेका वरिष्ट नेता माधवकुमार नेपाल पक्षको बैठक बस्न लागेको छ ।

बिहीबार बिहान ११ बजे काठमाडौँ स्थित नयाँ बानेश्वरमा बस्ने बैठकमा माधव समूहका केन्द्रीय समिति सदस्यलाई बोलाइएको स्रोतले जानकारी दिए । आजको बैठकमा सरकारमा जाने वा पार्टी एकतालाई टुंगोमा पुर्याउने भन्ने विषयमा गम्भीर छलफल हुने स्रोतले जनाएको छ ।

केही दिनदेखि नेकपामा चर्काेको विवादका कारण पछिल्लो समय पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता जोगाउँने विषयमा ठोस छलफल गर्ने तयारी भएपनि दुवै पक्षका कुरा नमिल्दा माधव समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा परेको छ ।