प्रधानमन्त्री मन्त्रीमण्ड विस्तार गर्ने तयारीमा; काँग्रेसबाट को को बन्दैछन् मन्त्री ?
१४ साउन, रौतहट । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् ।
मन्त्रि थप्ने तयारी गरेपछि नेपाली कांग्रेसमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट आकांक्षी बढ्न पुगेपछि प्रधानमन्त्री देउवालाई व्यवस्थापन गर्ने सकस परेको स्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्री हुनेमा काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालदेखि सांसद प्रकाश रसाइलीसम्मको समेत नाम चर्चामा आएको छ ।
यस्तै, मन्त्री हुने चर्चामा रहेकामा डा. डिला संग्रौला, डा. नारायण खड्का, देवेन्द्र कँडेल, मानबहादुर विश्वकर्मा र बहादुर लामा लगायतले मन्त्रीका लागि दाबी गरिरहेका छन्, भने पौडेल पक्षबाबाट सुजाता कोइराला, दिलेन्द्र बडू मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् ।
त्यसैगरी, सिटौला समूहबाट पनि गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा समेत देखिएको स्रोते जनाएको छ ।






