ओलीले नियुक्त गरेका तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्दै देउवा
१२ साउन, रौतहट । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेश प्रमुखहरुलाई देउवाले बर्खास्त गर्न लागेका स्रोतले जानकारी दिए । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजै प्रदेश २ का राजेश अहिराज, गण्डकी प्रदेशका सीता पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उनी तीनै जनालाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गर्न खोजिएको हो ।






