गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार
८ साउन, रौतहट । गण्डकी प्रदेशमा शुक्रबार थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । ६ जना मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले आज सपथ गराएकी हुन् ।

शपथ लिनेमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, मेषलाल श्रेष्ठले शिक्षा र सहरी विकास तथा यातायात मन्त्री, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीमा रहेका हुन् । यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।
त्यसैगरी, माओवादी केन्द्रबाट दीपक चर्ती मगरले वन, रामजी बरालले अर्थ, वातावरण तथा भू(संक्षण) र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका हुन् ।






