बालकोटमा ओली र विप्लव बीच भेटवार्ता

   ५ श्रावण २०७८, मंगलवार १३:२२  

५ साउन, रौतहट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेताहरुबीच आज बालकोटमा छलफल सुरु भएको छ ।

मंगलबार बिहान ओलीसंग भेट्न महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तो उनका निजी निवास बालकोटमा पुगेका थिए ।

विप्लव समूहका नेताहरुले सोमबार गरेको सहमति अनुसार नै अगाडि बढ्न चाहेको स्रोतले जानकारी दिए ।
१ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो समेत उनीहरुले गरेका छन् ।