पाकिस्तानी प्रधानमन्त्रीले देउवालाई दिए बधाई
द नेपाल मिडिया
४ श्रावण २०७८, सोमबार ११:१०
४ साउन, रौतहट । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा प्रधानमनत्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमनत्री इमरान खानले बधाई दिएका छन् ।
ट्वीट गर्दै पाकिस्तानी प्रधानमन्त्रीले आफूले नेपालसँगको सौहाद्र्धपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका हुन् । उनले चासोका विषयहरुमा नेपालसँग निकट रुपमा मिलेर काम थर्न चाहेको समेत खानले ट्वीट गरेका छन् ।






