देउवाकाे विश्वासकाे मतमा मतदान शुरु

   ३ श्रावण २०७८, आईतवार २१:५६  

३ साउन, राैतहट । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमा मतदान शुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले मतदान सुरु भएको घोषणा गरेका हुन् ।

मतदान सुरु भएसँगै सांसदहरु पक्ष या विपक्षमा हस्ताक्षर गर्न सुरु गरेका छन् । उनीहरुले वर्णानुक्रम अनुसार नामावलीमा दस्तखत गर्न थालेका छन् ।