भारत र श्रीलंका बीच वन डे खेल शुरु हुदैं
द नेपाल मिडिया
३ श्रावण २०७८, आईतवार १५:०९
३ साउन, रौतहट । भारत र श्रीलंका बीचको एकदिवसीय (वनडे) सीरीज आजदेखि शुरु हुदैछ ।यो खेल भारतीय समय अनुसार दिउसो ३ बजे कोलंबोमा खेलिने छ ।
भारतीय टिमका विराट कोहली र रोहित शर्माको अनुपस्थितिमा श्रीलंका सँग मैच खेलिने छ ।
शिखर धवन भारतीय टिमबाट कप्तानी गर्दैछन् । जबकि भुवनेश्वर कुमार उपकप्तान छन् ।
त्यस्तै श्रीलंका टिमबाट कुसल मेंडिस, निरोशन डिकवेला र पूर्व कप्तान कुसल परेरा नहुनुको कारण टिम कमजोर पडेका छन् ।






