विश्वासको मत देउवालाई नै दिने; माओवादीको निर्णय

   ३ श्रावण २०७८, आईतवार १४:३५  

३ साउन, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको हलमा आइतबार बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

गत असार २८ गते (सोमबार) सर्वाेच्च अदालतको परमादेश जारीभएपछि, असार २९ गते देउवा प्रधानमनत्री पदमा नियुक्त भएका थिए ।