विश्वासको मत लिदैँ; प्रधानमन्त्री देउवा

   ३ श्रावण २०७८, आईतवार ११:१९  

३ साउन, रौतहट । प्रधानमन्त्री पदमा नियुक्त भएका शेरबहादुर देउवाले आइतबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते शेरबहादुरलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि, आज पहिलो बैठक अपरान्ह ४ बजेतिर दुई चरणमा बस्नेछ ।

पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको स्रोतले जनाएको छ ।