जसपा र एमालेका नेताहरुबीच बालकाेटमा छलफल

   २ श्रावण २०७८, शनिबार १२:३८  

२ साउन, राैतहट । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताबीच बालकोटमा छलफल भएको छ ।

एमाले अध्यक्ष ओलीहरु भेट्न जसपा नेताहरू बालकोट पुगेका थिए ।

जसपा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा बालकोट पुगेका हुन् ।

भेटमा आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल भएको बताइएको छ ।

साथै नयाँ प्रधानमन्त्री चयन भएपछि सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।