बालुवाटार सर्दैछन्; प्रधानमन्त्री देउवा
द नेपाल मिडिया
१ श्रावण २०७८, शुक्रबार १०:५५
१ साउन, रौतहट । सर्वाेच्च अदालतले जारी गरेको परमादेश अनुसार प्रधानमन्त्री पदमा नियुक्त भएका शेरबहादुर देउवा आज बालुवाटार सर्दैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार देउवा ज्योतिषले दिएको समयमा प्रवेश गर्दै छन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।
मंगलबार साँझ प्रधानमन्त्री देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै बालुवाटार छाडेका थिए ।






