माधवलाई भेट्न कोटेश्वर पुगे; वामदेव गौतम
द नेपाल मिडिया
३० असार २०७८, बुधबार १२:२२
३० असार, रौतहट । पछिल्लो समय पार्टी एकताका लागि आवाज उठाइरहेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम आज बिहानै एकताबारे छलफल गर्न कोटेश्वरमा पुगेका छन् ।
विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरेसंगे एमालेमा फेरि संकट आएको छ । पार्टीका दुवै समूहका नेताहरु फेरि एकअर्कासँग वार्तामा लागेका स्रोतले जानकारी दिए ।
स्रोतका अनुसार माधवकुमार नेपालसँग पार्टीको पछिल्लो परिस्थिति र फेरिएको राजनीतिबारे छलफल गर्ने आज माधवकै निवास पुगेका हुन् ।






