प्रधानमन्त्री पदमा देउवा नियुक्त, साँझ ६ बजे शपथ ग्रहण

   २९ असार २०७८, मंगलवार १४:१८  

२९ असार, रौतहट । सर्वाेच्च अदालतले परमादेश जारी गरेपछि, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मंगलबार अपरान्ह ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्ने सोमबार सर्वोच्च अदालतले परमादेश दिएको थियो ।

सोही अनुसार राष्ट्रपतिले आज साँझ ६ बजे देउवालाई प्रधानमन्त्री नियुक्त गरेकाी हुन् । आज साँझ ६ बजे देउवा शपथ ग्रहण लिने स्रोतले जनाएको छ ।