बालुवाटारमा बोलाइएको एमालेको स्थायी कमिटी बैठक स्थगित

   २९ असार २०७८, मंगलवार १२:५७  

२९ असार, रौतहट । बालुवाटारमा आज बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक स्थगित भएपनि आजै दिउँसो २ बजे नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पनः स्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

सर्वाेच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेपछि, अगामी रणनीति तय गर्नेका लागि आज नेकपाको स्थायी कमिटी बैठक बोलाईएको थियो ।