अमेरिकाले प्रदान गरेको कोरोना खोप काठमाडौं पुग्यो

   २८ असार २०७८, सोमबार १०:४४  

२८ असार, रौतहट । कोभिड १९ विरुद्ध अमेरिकाले सहयोग गरेको खोप काठमाडौं आइपुगेको छ । कोरोना विरुद्धको खोप अमेरिकाले सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् काठमाडौँ पठाएको हो ।

खोप बोकेको जहाज आज बिहान करिब ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकाले १५ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ ।