युरोकप उपाधि लागि इटाली र इंग्ल्यान्डबीच खेल हुने
२७ असार, रौतहट । युरोकप उपाधिका लागि दुई ठूला शक्ति राष्ट्र इटाली र इंग्यान्ड भिड्दै छन्। १४औं संस्करणको युरोकप युरोपका विभिन्न ११ सहरमा आयोजना भयो ।
इटाली र इंग्ल्यान्डबीचको फाइनल लन्डनस्थित वेम्बली स्टेडियममा आज राति १२:४५ बजे हुने छ। वेम्वलीमा मैदान उत्रँदा दुवैको लक्ष्य उपाधिको खडेरी छोड्नु हुनेछ ।
इंग्ल्यान्ड ५५ वर्षदेखि उपाधिबिहीन छ भने इटाली ५३ वर्षपछि युरोकप र १५ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्न चाहन्छ । इंग्ल्यान्डले अन्तिम पटक १९६६मा विश्वकप उपाधि जितेको थियो भने इटालीले १९६९मा युरोकप र सन् २००६ मा विश्वकप उपाधि जितेको थियो।
फुटबलको सबैभन्दा पुरानो शक्ति राष्ट्र इंग्ल्यान्डले पहिलो पटक युरोकप फाइनल खेल्न लागेको हो भने इटाली तेस्रो उपाधिको खोजीमा छ। अहिले दुवै टिम उत्कृष्ट लयमा रहेकाले फाइलन खेल रोमाञ्चक हुने अपेक्षा छ ।
प्रतियोगितामा दुवै टिम अपराजित छन्। पहिलो पटक फाइलन पुग्ने क्रममा इंग्ल्यान्डले १ गोल मात्र खाएको छ। यता, शतप्रतिशत जित निकालेको इटालीले फाइनल यात्राका क्रममा तीन गोल मात्र खाएको छ ।






