साहित्यकार उपाध्यायको संक्रमणका कारण निधन

   २६ असार २०७८, शनिबार १२:०६  

२६ असार, रौतहट । कोरोना संक्रमणका कारण नौलो साहित्यक बहान प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको निधन भएको छ ।

६६ वर्षीय उपाध्यायको स्वास्थ्यमा समस्या भएपछि, केहीदिन अघि उनी बिर्ता सीटी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

सोही अस्पतालमा पीसीआर परीक्षण गराउँदा यही असार १२ गते उनमा एन्टिजेन संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टिभएसंंगै उपचाररत उपाध्यायको आज बिहान निधन भएको प्रतिष्ठाका महासचिव प्रेम ओझाले जानकारी दिएका हुन् ।