कार अनियन्त्रीत भई दुर्घटना हुँदा एमाले नेता प्रसाईंको निधन

   २५ असार २०७८, शुक्रबार १४:५१  

२५ असार, रौतहट । कार दुर्घटना हुँदा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको नधन भएको छ ।

चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा आज आफैँ चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रीत भई दुर्घटना हुँदा प्रसाईंको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका प्रसाईंलाई उपचारको लागि मेची अस्पताल भद्रपुरमा ल्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देवकोटाको शालिकमा ठोक्किएर कारको अघिल्लो भाग क्षतिग्रस्त भएका छ ।