चीनबाट खरिद गरेको भेरोसेल खोप काठमाडौँ पुग्यो
२५ असार, रौतहट । नेपाल सरकारले कोरोना संक्रमणविरुद्ध चीनसंग खरिद गरेको भेरोसेल खोप आज बिहान काठमाडौँ आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको विमानले शुक्रबार बिहानै ८ लाख भेरोसेल खोप लिएर काठमाण्डौँ आइपुगेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिए ।
चीनबाट खरिद गरिएको भेरोसेल खोप हेटौडा, पोखरा र बुटवलामा आजदेखि नै खोप पुर्याउँने डा गौतमले जनाए । अहिले आएको खोप कसलाई दिने भन्ने निर्णय भएको छैन ।
अब चीनबाट प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा खोप ल्याइने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।






