इजरायलले सहयोग गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
२४ असार, रौतहट । कोरोना माहामारीका बेला इजरायलले सहयोग स्वरुप दिएको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ ।
आज बिहान करिब ११ः१५ बजेतिर नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत स्वास्थ्य सामाग्री काठमाडौँ पुगेको हो ।
इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले दिएका जानकारी अनुसार १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, ५८ थान भेन्टिलेटर, आईसीयुसँग सम्बन्धित उपकरण, पीपीई, औषधि, थर्मल गनलगायतका स्वास्थ्य सामग्री नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
इजरायलले प्रदान गरेको स्वास्थ्य सामाग्री करिब २० करोड रुपैयाँ बराबरको रहेको छ ।






