उपचाररत नसीरुद्दिन शाह घर फर्किए
२४ असार, बलिउडका कलाकार नसीरुद्दिन शाहको स्वास्थ्यमा सुधार भएपछि, उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
७० वर्षीय शाहलाई गत मंगलबार निमोनियाको समसया देखिएपछि मुम्बईको पिडी हिन्दुजा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरमा उपचारका लागि भर्ना भएका थिए ।
उपचाररत शाहको स्वास्थ्यमा सुधार भएसंगै बुधबार बिहान नै अस्पतालबाट डिस्चार्ज भएका हुन् । शाहका छोरा भिभानले सामाजिक सञ्जालमा फोटो हाल्दै बुवा घर फर्किएको जानकारी दिएका हुन् । एजेन्सी






