रहेनन् बलिउडका दिग्गज कलाकार दिलीप कुमार
२३ असार, रौतहट । अबलिउड अभिनेता दिलिप कुमारको आज बिहान निधन भएको छ । ९८ वर्षीय कुमारको आज बिहान करिब ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको हो ।
२२ वर्षको उमेरमा उनले १९४४ मा आएको फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरेका हुन् । थोरै होउन् तर राम्रा होउन् भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकार समेत गरेका थिए ।
दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड समेत जितेका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारमा रुपमा दिलीप कुमारको नाम आउने गर्छ । एजेन्सी






