युरोकपको सेमीफाइनमा इटली र स्पेनबीच प्रतिस्पर्धा

   २२ असार २०७८, मंगलवार १४:११  

२२ असार, रौतहट । युरोकपको पहिलो सेमीफाइनलमा आज इटाली र स्पेन बीच प्रतिस्पर्धा हुदैछ । लन्डनस्थित वेम्बली स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती पौने एक बजे सुरु हुनेछ ।

इटाली , बेल्जियमलाइ दुई एक गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । स्पेनले स्विटजरल्यान्डलाइ पेनाल्टी सुटआउटमा हराएको थियो ।

करिब ६० हजार समर्थक उपस्थित हुने स्पेटियममा इटालीले जम्मा एक २५ टिकट पाएको बताइएको छ । खेलमा दुवै टिमका समर्थक हुने संभावना एकदमै न्युन छ । बेलायतमा क्वोरिन्टन बस्नुपर्ने भएकाले इटालियन र स्पेनिस फ्यानले यात्रा गर्न नसकेका हुन ।

इटालियन प्रशिक्षक रोबर्टो मान्सिनीले दुवै टिमका समर्थक नहुनु अनुचित भएको बताए । तर उनले खाली मैदानमा खेल्नु भन्दा मानिसहरुको बीचमा खेल्नु उचित भएको प्रतिकृया दिए । स्पेनिस प्रशिक्षक लुइस इनरिकेले बेलायतमा बस्दै आएका दुवै देशका नागरिक वेम्बलीमा आउने विश्वास ब्यक्त गरेका छन ।

यी दुई टिम युरोपियन च्याम्पियनसिपको नक आउट चरणमा लगातार चौथो पटक आमने सामने हुदैछन । सन २००८ र २०१२ मा स्पेनले इटालीलाइ पराजित गरेको थियो ।

२०१६ मा इटालीसंग पराजित हुदै स्पेन प्रतियोगिताबाट बाहिरिएको थियो । समग्रमा युरोकपमा स्पेन र इटाली सातौ पटक प्रतिस्पर्धा गर्दैछन ।

स्पेन पछिल्लो चार सिजनमा तेस्रो उपाधी जित्ने लक्ष्यमा छ । इटालीले भने यसअघि मात्र एक पटक १९६८ मा उपाधी जितेको थियो ।