निर्वाच आयोगमा छलफल भएपनि विवाद समाधान भएन्; महन्थ र यादव पक्षका
२२ असार, रौतहट । आज छलफलको लागि निर्वाचन आयोग कार्यालय पुगेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का दुई समूहबिचका विवाद समाधानमा सहमति हुन सकेन ।
पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलाई सहमतिका लागि आयोगले मंगलबार बोलाएको थियो । आयोग कार्यालयमा छलफल भएपनि दुवै पक्षका विवाद समाधान हुन नसकेको छैनन् ।
आयोगसँगको छलफलमा अध्यक्ष र ठाकुरले मिलेर जानुपर्ने प्रस्ताव गरे पनि यादवले मिल्न नसकिने बताएका थिए । ठाकुर पक्षका नेता तथा केन्द्रीय कार्यकारीणी सदस्य सुरेन्द्र झाले यादवले मिल्न नचाहेको आरोप समेत लगाए छन् ।






