अभिनेत्री सोनम कपुर आमा बनिन्न्

५ भदौँ, एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले आफू आमा बनेको खबर इन्टाग्राममार्फत सार्वजनिक गरेकी छन् ।
बिजनेसम्यान आनन्द अहुजासँग अभिनेत्री सोनम कपुरको विवाह भएको थियो । मे ८, २०१८ मा विहे गरेकी सोनम कपुरले छोरा जन्माएको खबर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन् ।
बलिउड संचारमाध्यमका अनुसार मुम्बईको एक निजी अस्पतालमा सोनमको डेलिभरी भएको थियो । गत मार्चमा सोनमले प्रेगनेन्सी घोषणा गरेकी थिइन् ।
सोनम र आनन्दले इन्स्टाग्राममा स्टेटमेन्ट सेयर गर्दै सन्तान प्राप्तीबारे जानकारी दिएका छन् । जसमा लेखेका छन, ‘अगस्ट २० तारिखमा हामीले सुन्दर बच्चालाई स्वागत गरेका छौं । सबै डाक्टर, नर्स, साथी र परिवारलाई धन्यवाद जसले हामीलाई यात्रामा साथ दिएका छन् । एजेन्सी