चार दिनदेखि भेन्टिलेटरमा उपचाररत कमेडियन राजु श्रीवास्तव
द नेपाल मिडिया
२९ श्रावण २०७९, आईतवार १२:३०
२९ साउन, एजेन्सी । भारतीय कमेडियन राजु श्रीवास्तवलाई (बुधबार) साउन २५ गते हृदयाघात भएको थियो ।
हृदयाघातपछि चार दिनदेखि दिल्लीको एम्स अस्पतालको भेन्टिलेटरमा उनी उपचाररत रहेका छन् । उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको भारतीय संचारमाध्यले जनाएको छ । उनको मुटु र पल्सले ठीकसँग काम गरिरहेको छ । तर उनको दिमाग भने अझै अचेत छ ।
राजुलाई बुधबार बिहान हृदयाघात भएको थियो । उनको बुधबार नै तेस्रोपटक एन्जियोप्लास्टी गरिएको थियो । जसमा सतप्रतिशत ब्लकेज थियो । शुक्रबार उनको स्वास्थ्यमा केही सुधार आएको थियो ।
उनले औला र कुम हल्लाउन थालेका छन् । तर स्वास्थ्यमा तीव्र रूपमा सुधार हुन सकेको छैन । एजेन्सी