अभिनेता भुवन केसीविरुद्ध सर्वोच्चमा रिट दायर
२६ साउन, रौतहट । चलचित्र विकास बोर्डका अध्यक्ष तथा (अभिनेता) भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष योग्न नरहेको भन्दैँ आज भुवन केसीविरुद्ध सर्वाेच्चमा रिट दायर भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार नरेश कुमार पौडेलसहित पाँचजनाले केसीलाई नियुक्ति गर्ने सरकारको निर्णय खारेजको माग गर्दै रिट दायर गरेका हुन् ।
गत साउन ९ गते बसेको मन्त्रिपरिषद बैठकले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको केसी प्रावधान भएपनि स्नातक उत्तिर्ण नभएको भन्दैँ दावी गर्दै अदालतमा रिट दायर गरिएको छ ।






