रामायणका आर्य सुमन्तुको आज निधन

   २ असार २०७८, बुधबार १३:४१  

२ असार, रौतहट । भारतका चर्चित कलाकार एवम् अभिनेता चन्द्र शेखर वैद्यको आज निधन भएको छ । ९८ वर्षीय वैद्यको मुम्बईको अन्धेरी आफ्नै निवासमा बुधबार बिहान निधन भएको हो ।

कुनै समयका व्यस्त कलाकार रहेका वैद्यको एक साताअघि बिहिबारदेखि ज्वरो आएपछि, उनलाई क्रिटी केयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यसपछि भोलिपल्ट नै स्वास्थ्यमा सुधार भएपछि, उनलाई घरमा ल्याइएको थियो ।

उनी रामायण बाट निकै चर्चामा आएका थिए । उनले रामायणमा राजा दशरथको महामन्त्री आर्य सुमन्तु को भूमिका निभाएका थिए ।

उनले बलिउडका एक सय भन्दा बढी फिल्ममा काम गरेका छन् । एजेन्सी