आजदेखि युरोकप शुरु हुदै, पहिलो खेलमा टर्की र इटाली भिड्ने

   २८ जेष्ठ २०७८, शुक्रबार १४:३६  

२८ जेठ, रौतहट । आजदेखि युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण शुरु हुदैछ ।

खेलको उद्धघाटन स्वरुप टर्की र इटाली भिड्ने छन् । इटालीको रोममा टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ः ४५ बजेदेखि शुरु हुनेछ ।

दुवै टिम जित हासिल गरि सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

यस पटकको युरोकप युरोपको विभिन्न देशकोे ११ शहरहरुमा आयोजना हुने छ । यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

जुलाई ११ मा सकिने युरोकपको अन्तिम खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ । युरोकपमा २४ टिमको सहभागिता रहेको छ ।

कुन समूहमा कुन टिम ?

समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी