अभिनेता दिलीप कुमार अस्पताल भर्ना
२३ जेठ, रौतहट । बलिउड अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या भएपछि, उनी अस्पताल भर्ना भएका छन् ।
९८ वर्षीय अभिनेता दिलीप कुमारलाई सास फेर्न गाह्रो भएपछि, मुम्बईको हिन्दुजा अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।
एक महिना अघिपनि स्वास्थ्य अवस्था बिग्रेपछि, दिलीप कुमार सोही अस्पतालमा भर्ना भएका थिए । उनकी धर्मपत्नी सायरा बानोका अनुसार उनलाई रुटीन चेकअपका लागि भर्ना गरिएको थियो ।
अघिल्लो वर्ष कोरोनाकै कारण दिलीप कुमारले आफ्ना दुई भाइहरु ८८ वर्षीय असलम खान र ९० वर्षीय एहसान खानको गुमाएका थिए ।






