रहस्यमय दरबार हत्याकाण्डको २० वर्ष पूरा
१९ जेठ, रौतहट । दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ ।
नारायणहिटी दरबारभित्र २०५८ जेठ १९ गते भएको हत्याकाण्डको आज २० वर्ष पूरा भएपनि अपराधिको पहिचान हुन् सकेको छैन् ।
राजदरवारभित्र जेठ १९ गते साँझतिर पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूलाई गोली हानि हत्या गरिएको थियो ।
उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा नै राजा वीरेन्द्र शाहको वंश नाश भएको हत्याकाण्ड अहिले पनि रहस्य बनेको नै छ ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनामा तत्कालीन युवराज दीपेन्द्रले नै आफ्नो परिवारका सदस्यहरूलाई गोली प्रहार गरि हत्या गरेपछि आफूलाई पनि हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।
यो तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर, यो अशत्य कुरा हो, भन्दैँ हालसम्म त्यसलाई आम नेपालीहरूले विश्वास गरिरहेका छैनन् ।
प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन ।






