जसपाबाट चार नेता निष्कासित

   १८ जेष्ठ २०७८, मंगलवार १५:२९  

१८ जेठ, रौतहट । जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई जसपाबाट निष्कासन गरेको छ ।

सोमबार अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बहुमत कार्यकारिणी समितिको बैठकले चाँर नेताहरुलाई पार्टीबाट निष्कासन गरेको हो ।

पार्टी सदस्यबाटै अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् ।

पार्टीबाट उनीहरुलाई निष्काशन गरेको पत्रसमेत निर्वाचन आयोगमा पठाइसकेको राईले बताए ।