अर्थशास्त्री थापाको कोरोनाका कारण निधन

   १८ जेष्ठ २०७८, मंगलवार १०:५८  

१८ जेठ, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन भएको छ ।

संक्रमित थापाको शहीद गंगालाल अस्पतालमा मंगलबार बिहान करिब ५ बजेतिर मृत्यु भएको हो ।

पूर्व अर्थमन्त्री पाण्डेले भने ‘म भर्खरै झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएर पशुपतिबाट फर्कँदैछु, उहाँ एउटा देशभक्त र पार्टीको बफादार कार्यकर्तासमेत हुनुहुन्थ्यो,’ पार्टी र देशले एउटा राम्रो व्यक्ति गुमाएको समेत उनले बताए ।

थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ ।