कुन-कुन देशबाट कोरोना खोप खरिद गर्ने सरकारको तयारी

   १६ जेष्ठ २०७८, आईतवार १४:४३  

 

१६ जेठ, रौतहट । तीव्र रुपमा फैलिरहेको कोरोना माहामारीलाई नियन्त्रणका लागि सरकारले पहिलो प्राथकितामा खोप खरिद गर्ने निर्णय गरेका छन् ।

भारत र चीन सहित थप चार वटा देशबाट खोप खरिद प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डासमीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म भारत र चीनबाट ३२ लाख ४८ हजार कोरोना खोप ल्याएर नेपाली नागरिकलाई लगाइसकेको मन्त्रालयले जनाएको छ । यो खोप बालबालिका र बृद्धबृद्धा बाहेकका कोरोना भाइरस सङ्क्रमितको उपचार तथा अग्रभागमा खटिनेहरुलाई पहिलो प्राथमिकता दिएर लगाइएको छ ।

साथै, सरकारले नर्वे, रूस, बेलायत र अमेरिकासँग खोप खरिद गर्ने बारे छलफल शुरु गरेको छ । सरकारले ७२ प्रतिशत जनसङ्ख्यामा खोप लगाउनुपर्ने र त्यसका लागि २ करोड १७ लाख डोज खोप खाँचो रहेको जनाएको छ । सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा समेत खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट छुट्याएको छ ।