प्रधानमन्त्रीले बोलाए स्थायी कमिटी बैठक

   १६ जेष्ठ २०७८, आईतवार १२:५२  

१६ जेठ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले आज साँझ ५ बजेतिर बैठक बोलाएका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।

यसअघि बसेको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आज बस्ने बैठकको एजेन्डाबारे केही जानकारी नभएको उनले बताए ।