गायक खरेल दोस्रोपटक कोरोनामुक्त

   १३ जेष्ठ २०७८, बिहीबार १६:२३  

१३ जेठ, रौतहट । आठ महिनाको अन्तरालमा दुईपटक संक्रमित भएका गायक प्रमोद खरेल कोरोना जितेका छन् ।
खरेललाई गत वर्ष पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यद्यपि दोस्रोपटक पनि उनले कोरोनालाई पराजित गरेका छन् । अहिले उनी कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् । “उनले समाजिक संजाल मार्फत कोभिड १९ को पहिलो डोज भ्याक्सिन पनि लगाए पनि आफू संक्रमित भएका जानकारी दिदैँ आज संक्रमणमुक्त भई आइसोलेसनबाट जिस्चार्ज भएका जनाए ।” प्रमोद भन्छन्, “पहिला संक्रमण भइसकेका र खोप लगाए पनि सचेत र सुरक्षित रहौं ।”

प्रमोद सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच पनि हुन् । ‘द भ्वाइस अफ नेपाल’को जारी सिजन कोरोना संक्रमणकै त्रासका कारण हाल स्थगित छ ।