सिंहदरबारमा विपक्षी दलहरुबीच छलफल हुदै
द नेपाल मिडिया
११ जेष्ठ २०७८, मंगलवार १५:४१
११ जेठ, राैतहट । संसद विघटनपछि आफ्नाे थप याेजनाहरु बारे विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।
सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफलमा जारी छ ।
समसामायिका राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा छलफल भएको हुन सक्ने स्थानिय समाचारहरुकाे भनाइ छ ।






