विपक्षी दलले दर्ता गरेको रिटमाथि आज सुनुवाई नहुने
द नेपाल मिडिया
११ जेष्ठ २०७८, मंगलवार ११:२४
११ जेठ, राैतहट । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै विपक्षी दलले दर्ता गरेको रिटमाथि आज सुनुवाई नहुने भएको छ ।
शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालसहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश लगायतका विभिन्न आदेश माग्दै दायर गरेको रिट आज पेसीमा चढेको छैन ।
सर्वोच्च अदालतमा आज दुईटामात्र इजलास तोकिएका छन् ।
दुवैमा सोमबार दायर भएका प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।






