विपक्षी दलका नेताहरु सर्वोच्च पुगे
१० जेठ, रौतहट । पाँच विपक्षी दलका नेताहरु आज सर्वोच्च पुगेका छन् ।
संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा विपक्षी गठवन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिनु पर्ने र प्रतिनिधिसभा विघटन खारेज हुनुपर्ने मागसहित पाँच विपक्षी दल सर्वोच्च अदालत पुगेका हुन् ।
नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव-डा.बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र राष्टिय जनमोर्चा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका स्रोतले जनाए ।
विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत सर्वोच्च पुगेका स्रोतले जानकारी दिए ।






