सर्वोच्च अदालतमा रिट दायरलागि विपक्षी गठबन्धनका हस्ताक्षर संकलन सुरु
९ ज्येष्ठ, रौतहट । विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि विघटीत संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबै सांसदहरुको हस्ताक्षर संकलन पछि सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी रहेको छ ।
कांग्रेस, माओवादी, लगायत पार्टीका सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन हुने र त्यसपछि संयुक्त बैठक बसी सर्वोच्चमा जाने तय हुने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कांग्रेस, माओवादी, लगायत पार्टीका सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन पछि संयुक्त बैठक बसि सर्वोच्चमा आज या भोली जाने कुरा तय हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति बसेको बैठकले प्रतिनिधिसभा विघटन गरेर दुई चरनमा चुनाव हुने घोषणा गरेकी थिइन।
राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको सिफारिसमा चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने घोषणा गरेकी थिइन् । संसदविघटन विरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्ने छन् ।






