राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीको तस्बीरमा गोबर पोतेको ओरोपमा एक जना प्रकाउ
द नेपाल मिडिया
९ जेष्ठ २०७८, आईतवार १२:५२
९ ज्येष्ठ, रौतहट । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमाथि गोबर पोतेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले मध्यबानेश्वरबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको हो ।

त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।






