फिफाले दुई-दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्ने
९ ज्येष्ठ, रौतहट । विश्व फुटबल संस्था फिफाले विश्वकप फुटबल दुई दुई वर्षमा आयोजना गर्ने तयारी गरेको छ ।
फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्ने तयारीका लागि अध्ययन थालेको छ ।
साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्न कति सम्भव छ भन्ने अध्ययन थालेको हो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र विस्तृत प्रस्ताव भनेका छन् ।
विश्वकप फुटबल चाररचार वर्षमा हुँदै आइरहेको छ । दोस्रो विश्व युद्धको कारण विश्वकप चार वर्षमा गरिदै आएको हो ।






