कोरोना सङ्क्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्ने तयारी

   ४ श्रावण २०७७, आईतवार १५:१७  

साउन ४, रौतहट । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९)लाई समुदायमा फैल्न नदिनका लागी नेपालमा पनि लकडाउ जारी गरिएको छ ।

कोरोना रोकथामका लागी सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर विद्यालयका बन्द छ । तर कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ ।

कर्णाली प्रदेशमा १० जिल्ला छन् । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्नका लागि केन्द्र सरकारलाई गत जेठ र असारमा दुई पटक लिखित अनुमति मागेकामा हालसम्म कुनै निर्णय प्राप्त नभएकाले अब प्रदेश र स्थानीय तहमै निर्णय गरेर विद्यालय खोल्न लागिएको हो ।

मुलुकभर बन्दाबन्दी जारी गर्ने अधिकार केन्द्रको भए पनि विद्यालय तहको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी संविधानतः स्थानीय तहको भएकाले तिनले निर्णय गरेर विद्यालय खोल्न प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।