भारत र चीनले सहयोग गरेको अक्सिजन लगायतका स्वास्थ्य सामग्री नेपाल पुग्यो ईश्वर पोखरेल
७ जेठ, रौतहट । कोरोना माहामारीका बेला छिमेकी मुलुक भारत र चीनले सहयोग गरेको अक्सिजन लगाएतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको छ ।
उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेका अनुसार आज काठमाडौं महानगरपालिकाको सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा सामाखुसीमा स्थापना भएको थेरापीसहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी मुलुकहरू भारत र चीन लगायतका देशबाट अक्सिजन लगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको हो ।
‘अक्सिजन र भ्याक्सिनका लागि जि टू जिबाट लिए पनि, बि टू बि बाट लिए पनि जुनसुकै तरिकाबाट लिए पनि जनताको स्वास्थ्य रक्षा गर्ने पहिलो कुरा रहेको पोखरेलले बताए ।
अक्सिजन र भ्याक्सिनका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट भए पनि ल्याउने र जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको समेत उनले जानकारी दिए ।






