प्रियंकाले जम्मा गरिन्, कोरोना संक्रमितहरुका लागि २२ करोड रुपैयाँ
७ जेठ, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीका चपेटमा परेका संक्रमितहरुको उपचारका लागि बलिउड अभिनेत्री प्रियंका चोपडाले २२ करोड रुपैयाँ जम्मा गरेकी छन् ।
केही दिन अगाडि नायिका प्रियंका चोपडाले भारतमा कोरोनाका कारण समस्यामा परेका व्यक्तिहरुको सहयोगका लागि भन्दै सहयोग कोष स्थापना गरेकी थिइन् ।
उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उल्लेख गरेकी छिन् ।
सामाजिक संजालमा यो कुराको जानकारी दिदै प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । प्रियंकाको यो अभियानमा हलिउडका गायक–गायिका, कलाकारदेखि विभिन्न मानिसहरुले सहयोग गरेका थिए ।
उनले लेखेकी छिन्–‘हामीले ३ मिलियन डलर अर्थात २२ करोड रुपैयाँ जम्मा गर्न सफल भएका छौ । यो रकमले ५ सय अक्सिजन कन्स्ट्रेटर र ४२२ अक्सिजन सिलिन्डर किन्न सकिन्छ ।
प्रियंकाले यो कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।






